भगवान श्रीकृष्णको पृथ्वी छोड्ने कथा महाभारतको मौसल पर्वमा वर्णित छ। द्वापर युगमा भगवान विष्णुले श्रीकृष्णको रूपमा अवतार लिएका थिए, तर उनी पनि मृत्युको सामना गर्नुपर्यो। यसको मुख्य कारण कौरवहरूको माता गान्धारीले दिएको श्राप थियो, जसले गर्दा महाभारत युद्धको समाप्तिको ३५ वर्षपछि कृष्णले मानव रूप त्यागे।
गान्धारीले महाभारत युद्धमा आफ्ना सबै छोराहरूको मृत्युको दोष कृष्णलाई दिएकी थिइन्। उनले कृष्णलाई श्राप दिँदै भनेकी थिइन्, “जसरी मेरो वंश समाप्त भयो, त्यसैगरी तिम्रो वंश पनि समाप्त हुनेछ।” यो श्रापले कृष्णको वंश (यदुवंश) लाई नाश गर्यो।
युद्ध समाप्त भएपछि, गान्धारीको श्रापको प्रभावले कृष्णले आफ्नो वंशलाई प्रवासमा पठाए। प्रवास क्षेत्रमा उनीहरूले यज्ञ गरे र ब्राह्मणहरूलाई दान दिए। केही समयपछि यदुवंशमा आपसी कलह सुरु भयो, जसले गर्दा यदुवंशका सदस्यहरू एकआपसमा लड्न थाले र अन्ततः सबै मरे। यस घटनापछि कृष्णका दाजु बलरामले ध्यान गरेर शरीर त्यागे।
कृष्ण पनि एकदिन पीपलको रुखमुनि ध्यानमा बसेका बेला एक शिकारी जरा उनलाई हरिण ठानेर बाणले हान्छ। जब जरा नजिक गएर हेर्छन्, उनले श्रीकृष्णलाई चोट लागेको देख्छन् र पश्चात्ताप गर्छन्। कृष्णले भने, “यो मेरो पूर्वजन्मको कर्मको फल हो। राम अवतारमा मैले बालि नामक राजालाई रूखको पछि लुकेर मारेको थिएँ। त्यसै कारण आज मेरो मृत्यु तिम्रो हातबाट भएको हो।”
पछि कृष्णले आफ्नो सारथी दारुकलाई द्वारका पठाएर सम्पूर्ण यदुवंश नाश भएको खबर फैलाउन लगाए। यसपछि द्वारका छोड्न सबैलाई आदेश दिए, किनकि चाँडै नै त्यो स्थान पानीले भरिनेछ। अन्ततः भगवान श्रीकृष्णले आफ्ना आँखा बन्द गरे र आफ्नो शरीर त्यागेर वैकुण्ठ धाम गए। यसरी नै भगवान श्रीकृष्णले पृथ्वी छाडे।