वर्तमान युगलाई हिन्दू धर्मग्रन्थअनुसार कलियुगको नाम दिइएको छ। कलियुग एक यस्तो युग हो, जहाँ मानिसहरूको नैतिकता र आध्यात्मिकता कमजोर हुन्छ। यहाँका मानिसहरू लोभ, मोह, र द्वेषमा डुबेका हुन्छन्, उनीहरूको मन अशान्त हुन्छ, र उनीहरू हिंसात्मक आचरण अपनाउन थाल्छन्। पौराणिक कथा अनुसार, कलियुगलाई मानिसहरूका लागि एक श्रापको रूपमा व्याख्या गरिएको छ। यस युगमा धर्मको मात्रा मात्र एक चौथाइ रहन्छ, र बचेको समयभर मानिसहरू झै-झगडा र अन्यायमा लाग्दछन्।
एक कथाका अनुसार, द्वापर युगको अन्त्यतिर एक व्यक्तिले भगवान विष्णुसँग सोधे, “अहिले द्वापर युग छ भन्ने सबैलाई थाहा छ, तर कलियुग कहिले सुरु हुनेछ? कसरी मानिसहरूलाई थाहा हुन्छ कि कलियुग आइसकेको छ?” भगवान विष्णुले उत्तर दिए, “जब पापको मात्रा बढ्दै जान्छ, भ्रष्टाचार र अनैतिकता हावी हुन्छ, त्यसले कलियुगको सुरुवातको संकेत गर्दछ।” कलियुगको सुरुवातमा महिलाहरूले आफ्नो लाज र शालीनताको त्याग गर्नेछन्, आधुनिकताका नाममा परिर्वतन ल्याउन थाल्नेछन्। मानिसहरूले आफ्नो आचरणमा नैतिकताभन्दा स्वार्थलाई बढावा दिनेछन्, र परिवारभित्र पनि षड्यन्त्र र हिंसा देखिनेछ। जब सन्तानहरू आफ्ना अभिभावकविरुद्ध आस्था हराउन थाल्छन्, तब थाहा हुन्छ कि कलियुग आफ्नो चरमोत्कर्षतिर पुग्दैछ।
हिन्दू धर्मग्रन्थअनुसार, कलियुगको अवधि ४ लाख ३२ हजार वर्षको हुनेछ। यो युगको सुरुवात ३१०२ ईसापूर्वबाट भएको बताइएको छ। कलियुगको अन्त्यतिर मानिसहरूको आयु १२ वर्ष मात्र रहनेछ, र उनीहरू घातक रोगहरूले भरिएका हुनेछन्। यो समयमा कलियुगमा हिंसा र पाप हावी हुनेछन्, जसका कारण भगवान विष्णुले कल्कि अवतार लिएर पापीहरूको नाश गर्नेछन्।
शिवपुराणमा भनिएको छ कि कलियुगमा मानिसहरू सत्यबाट टाढा रहन्छन् र असत्यको बाटो लिन्छन्। उनीहरू ईर्ष्या, घृणा, भ्रष्टाचार, र अनैतिकताको बाटोमा लाग्छन्। समाजको नैतिकता बिस्तारै घट्दै जान्छ, र अन्ततः समाजमा आध्यात्मिकताको पुनर्जागरणका लागि भगवान कल्कि अवतार ग्रहण गर्नेछन्। कलियुगको समाप्तिसँगै सत्ययुगको सुरुवात हुनेछ, जहाँ शान्ति, सदाचार, र आध्यात्मिकता पुनर्स्थापित हुनेछ।